निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा – अर्थमन्त्री पौडेल – Himalayan Dainik

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा – अर्थमन्त्री पौडेल


निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा – अर्थमन्त्री पौडेल

काठमाडौँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन्। उनले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताए ।

आज निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँग कुरा गर्दै उनले यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरी आवश्यक निर्णय लिने बताए ।