सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री प्रचण्ड – Himalayan Dainik

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री प्रचण्ड


सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् । २८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो। यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘यहाँ बसोबास गर्ने सबै जाति जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’’ यसैविच,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक र समावेशीसहितको नयाँ संविधानअनुसार अघि बढेको बताएका छन् । प्रचण्डले नयाँ संविधानअनुसार नयाँ राष्ट्रिय एकताको प्रक्रियामा रहेको बताए ।

उनले भने, ‘नयाँ राष्ट्रिय संस्कृतिलाई प्रवद्धन गर्ने हामी सबैले जमर्को गरेका छौं। यो राष्ट्रिय संस्कृतिमाथि विभिन्न ढंगले विगतमा समान्ति एकात्मक, अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति भाषा संस्कृतिमाथि दमन गर्ने प्रक्रिया चल्यो भने अहिले आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप र प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुुन नदिने चेष्टा भइराखेको छ ।’