स्वास्थ्यमन्त्री गिरि दादुरा प्रकोपको क्षेत्रको अवलोकनमा – Himalayan Dainik

स्वास्थ्यमन्त्री गिरि दादुरा प्रकोपको क्षेत्रको अवलोकनमा


स्वास्थ्यमन्त्री गिरि दादुरा प्रकोपको क्षेत्रको अवलोकनमा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालगन्ज उपमहानगरपालिकामा फैलिएको दादुरा प्रकोप क्षेत्रको अवलोकन गरेका छन्।

मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल सहितको टोलीले बाँके पुगेर नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रको अवलोकन गरेको हो।

उनीहरु विभिन्न स्वास्थ्य सस्थामा पुगेर दादुरा विरुद्धको जारी खोप अभियानको पनि अवलोकन गरेका छन्।

साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारीलक्षित खोप कार्यक्रम तीव्र पारिएको छ। बाँकेबाट फैलिएको दादुरा हाल सुर्खेतमा समेत पुगेको छ।