नेपाली काग्रेका नेता कोइराला भन्छन , प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरियो – Himalayan Dainik

नेपाली काग्रेका नेता कोइराला भन्छन , प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरियो


नेपाली काग्रेका नेता कोइराला भन्छन , प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरियो

काठमाडौँ  – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर आफूहरूले गल्ती गरेको बताएका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार बिहान आफ्नो समूहको बैठकलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर आफूहरूले गल्ती गरेको बताएका हुन् । कोइरालाले आफूले तटस्थ बस्नुपर्नेमा जोड दिए पनि सुनुवाइ नभएको बताए ।

‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर हामीले गल्ती गर्‍यौं । तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिको बैठकमा राखेको थिएँ । तर, त्यसको सुनुवाइ भएन,’ उनले भने, ‘बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिन हुँदैनथ्यो ।’

कांग्रेसले २६ पुसमा संसदमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । विश्वासको मत दिने निर्णय गर्दा नेता कोइरालाले तटस्थ बस्नुपर्ने प्रस्ताव गरेका थिए । तर, सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि भए पनि विश्वासको मत दिनुपर्ने बताएका थिए ।