आज मौसम सफा रहेता पनि सोमबार र मंगलबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने – Himalayan Dainik

आज मौसम सफा रहेता पनि सोमबार र मंगलबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने


आज मौसम  सफा रहेता पनि सोमबार र मंगलबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने

काठमाडौँ – आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ। उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।

अहिले तराई क्षेत्रमा भने हल्का हुस्सु र कुहिरो लागेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

भोलि सोमबार मौसम बदली भइ सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा वर्षा तथा उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेकोले जनाएको छ। यस्तै पर्सि मंगलबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।