तनहुँ भिरबाट खसेर एक जनाको मृत्यु – Himalayan Dainik

तनहुँ भिरबाट खसेर एक जनाको मृत्यु


तनहुँ भिरबाट खसेर एक जनाको मृत्यु

काठमाण्डौ – तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिवार हिजो भिरबाट लडेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको हो ।

धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलकोमृत्यु भएको तनहँुका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताएका छन ।

यसैविच, मकवानपुरमा पनि भीरबाट खसेर मकवानपुरमा एकजना किशोरीको मृत्यु भएको छ ।

पूर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर- ३ भुटीभकारीकि १८ वर्षीय रेखामाया थोकरको भीरबाट लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार थोकरको आफ्नो घर भन्दा करिब ५ सय मिटरको क्षेत्रमा रहेको भीरबाट खसेर ज्यान गएको हो ।