लुम्बिनीमा राष्ट्रिय सभाका सदस्यको उपनिर्वाचन माघ २५ गते – Himalayan Dainik

लुम्बिनीमा राष्ट्रिय सभाका सदस्यको उपनिर्वाचन माघ २५ गते


लुम्बिनीमा राष्ट्रिय सभाका सदस्यको उपनिर्वाचन माघ २५ गते

दाङ –  लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको माघ २५ गते हुने भएको छ । प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने भएको छ ।