फोटो प्रतियोगितामा उत्कृष्ट फोटो खिच्ने सैनिक युनिट र गैरसैनिक पुरस्कृत – Himalayan Dainik

फोटो प्रतियोगितामा उत्कृष्ट फोटो खिच्ने सैनिक युनिट र गैरसैनिक पुरस्कृत


फोटो प्रतियोगितामा उत्कृष्ट फोटो खिच्ने सैनिक युनिट र गैरसैनिक पुरस्कृत

काठमाडौँ –  नेपाली सेनाले सेना दिवसको अवसरमा उत्कृष्ट फोटो खिच्ने युनिट र गैरसैनिकलाई पुरस्कृत गरेको छ । फोटो प्रतियोगितामा सेनाको नम्बर–१४ बाहिनी अड्डा प्रथम भएको छ । २६० औं सेना दिवशको अवसरमा आयोजित फोटो प्रतियोगितामा विकास निर्माण निर्देशनालय दोस्रो र दुर्गाबक्स गणले तेस्रो स्थान हाँसिल गरेका छन् ।

गैह्रसैनिक तर्फ संजोग बुढाथोकी प्रथम र फोटो पत्रकार वर्षा शाह द्धितिय भएकी छिन् । राष्ट्रिय समाचार समितिमा कार्यरत फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठले पनि उत्कृष्ट फोटो पत्रकारको पुरस्कार पाएका छन् । प्राविधिक सुवेदार राजेश केसीले लिएको फोटो वर्षको उत्कृष्ट फोटोमा छनोट भएको छ । शुक्रवार जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र बलाधिकृत रथी सरोजप्रताप राणाले फोटो प्रतियोगितामा उत्कृष्ट भएकालाई पुरस्कार प्रदान गरे ।