कांग्रेसकी यादवद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता – Himalayan Dainik

कांग्रेसकी यादवद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता


कांग्रेसकी यादवद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

काठमाडौँ –  नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । समानुपातिक सांसद यादवले शुक्रबार संसद सचिवालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

यादवको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् । सत्तागठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेकी छिन् ।