वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने काठमाडौँ महानगरपालिकाको तयारी – Himalayan Dainik

वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने काठमाडौँ महानगरपालिकाको तयारी


वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने काठमाडौँ महानगरपालिकाको तयारी

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको जनाएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार वडा कार्यालयबाट परिचयपत्र उपलब्ध गराउनका लागि सम्बध भएका निकायसँग छलफल भइरहेको छ । उनले भने, ‘कामपाको ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउनका लागि कामपाले राष्ट्रिय पञ्जिकरण विभागसँग छलफल भइरहेको छ । ‘

छलफल सकारात्मक रहेकाले आगामी माघ १५ देखि वडा कार्यालयबाटै नागरिकले राष्ट्रिय परिचय प्राप्त गर्ने विश्वास कामपाले लिएको छ । यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो ।