स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन – Himalayan Dainik

स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन


स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सुमेर अस्पतालमा एक साता उपचार गरेपछि आज शुक्रबार अस्पतालले डिस्चार्ज गरेको उनको सचिवालयले जनाएको छ ।

अस्पतालबाट डिस्चार्च भए पनि चिकित्सकले उनलाई कलेजो प्रत्यारोपणको सल्लाह दिएका छन् ।

जन्डिस रोगबाट पीडित पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।