काठमाण्डौ – प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन ।
शुक्रवार आज सभामुखको पद तथा गोपनीयताको शपथग्रहणपछि सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसद्लाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताए । उनले संसद्लाई अझ बढी क्रियाशील बनाउन पनि प्रयत्न गर्ने बताएका छन ।
उनले संसदलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताए ।