धरान : खुकुरी प्रहारबाट एक जनाको हत्या – Himalayan Dainik

धरान : खुकुरी प्रहारबाट एक जनाको हत्या


धरान : खुकुरी प्रहारबाट एक जनाको हत्या

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीलाई हिजो बिहीवार खुकुरी प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घटना बारे थप अनुसन्धान भैरहेका छ ।