थप ५ जनामा कोरोना संक्रमण पुष्टि, १ जना डिस्चार्ज – Himalayan Dainik

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, १ जना डिस्चार्ज


थप ५ जनामा कोरोना संक्रमण पुष्टि, १ जना डिस्चार्ज

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख १ हजार ७३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३६ जना रहेका छन ।

मन्त्रालयका अनुसार १ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९८ हजार ९ सय १७ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ ।