आन्तरिक राजस्व लक्ष्यको ७८.८२ प्रतिशत मात्र उठ्यो – Himalayan Dainik

आन्तरिक राजस्व लक्ष्यको ७८.८२ प्रतिशत मात्र उठ्यो


आन्तरिक राजस्व लक्ष्यको ७८.८२ प्रतिशत मात्र उठ्यो

काठमाडौं – चालु आर्थिक वर्ष (आव) को पहिलो ६ महिनामा आन्तरिक राजस्व लक्ष्यको ७८.८२ प्रतिशत मात्र संकलन भएको छ । यस वर्ष सुरुवातबाटै सरकारले आयातमा कडाइ गरेको थियो । जसले गर्दा आयात खुम्चिँदा त्यसबाट हुने आम्दानी प्रभावित बनेको थियो । सँगै आन्तरिक राजस्व समेत कम उठ्दा सरकार दबाबमा छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आवको पुस मसान्तसम्म सरकारले २ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । संकलन भने २ खर्ब २१ अर्ब ७५ करोड रुपैयाँ मात्र भएको छ । यो कुल लक्ष्यको ७८.८२ प्रतिशत हो । आन्तरिक राजस्व भित्र शिक्षा सेवा कर र स्वास्थ्य सेवा करले मात्र लक्ष्य भेटाएको छ । आयकर, घर बहाल कर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कले भने लक्ष्य भेटाउन सकेनन् । जसका कारण समग्र आय नै प्रभावित बन्न पुगेको छ ।