न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै नागरिक झस्किएका छन :सांसद निधि – Himalayan Dainik

न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै नागरिक झस्किएका छन :सांसद निधि


न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै नागरिक झस्किएका छन :सांसद निधि

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै नागरिक झस्किएको बताएका छन ।

आज बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद निधिले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएकोसमेत बताए । उनले संविधानले व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दामाथि कसैले पनि निर्देशन दिन नमिल्ने बताए । ओलीको भनाइले सङ्घीयता नै खतरामा रहेको आशङ्का उब्जिएको उनको भनाइ छ ।