गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर जाँदैन :गृहमन्त्री – Himalayan Dainik

गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर जाँदैन :गृहमन्त्री


गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर जाँदैन :गृहमन्त्री

काठमाण्डौ – उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने बताएका छन । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमनत्रीले यस्तो बताएका हुन ।

गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहनुभएका व्यक्ति संसद्मा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उनले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताए । उनले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबाब र प्रभावमा नपार्न आग्रह गरे ।

उनले भने , ‘फरार रहनुभएका मानिस संसद्मा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धति भन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किँदैन । यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ । गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन । हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतः सिद्ध छ ।’