जसपा भन्छ , तत्काल सरकारमा नजाने निर्णयमा छौ – Himalayan Dainik

जसपा भन्छ , तत्काल सरकारमा नजाने निर्णयमा छौ


जसपा भन्छ , तत्काल सरकारमा नजाने निर्णयमा छौ

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने निर्णयमा रहेको बताएको छ । बुधबार बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

यस्तै सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
आज पनि अध्यक्ष उपेन्द्र यादवले कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।