सभामुखमा काँग्रेसकी न्यौपानेको पनि उम्मेरदारी – Himalayan Dainik

सभामुखमा काँग्रेसकी न्यौपानेको पनि उम्मेरदारी


सभामुखमा काँग्रेसकी न्यौपानेको पनि उम्मेरदारी

काठमाडौँ – प्रतिनिधिसभाको सभामुखमा नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गराएको छ।

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभा सभामुखका पदका लागि उम्मेदवारी दिएकी छन् । नयाँ बानेश्वारस्थित संसद् भवनमा पुगेर उनले बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा-एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वाला छन्।

बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन गर्ने संघीय संसद सचिवालयको तालिका छ।