कर्णाली उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित – Himalayan Dainik

कर्णाली उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित


कर्णाली उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित

सुर्खेत – कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् ।

बुधबार दिउँसो प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थन पाएकी न्यौपानेले २४ मत पाएर निर्वाचित भएकी हुन् ।

४० सदस्यीय प्रदेशसभामा न्यौपानेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १४ मत पर्‍यो भने १ जना तटस्थ बसे । कालिकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।