कलाकार आचार्य भन्छन , डा सन्दुक रुइतलाई राष्ट्रपति बनाउन सके नेपालको प्रतिष्ठा बढछ – Himalayan Dainik

कलाकार आचार्य भन्छन , डा सन्दुक रुइतलाई राष्ट्रपति बनाउन सके नेपालको प्रतिष्ठा बढछ


कलाकार आचार्य भन्छन , डा सन्दुक रुइतलाई राष्ट्रपति बनाउन सके नेपालको प्रतिष्ठा बढछ

काठमाडौं – चर्चित कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखा रोग विशेषज्ञ डा।सन्दुक रुइतलाई राष्ट्रपति बनाउन सके नेपालको प्रतिष्ठा बढने बताएका छन । नेपालमा बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले यस्तो बताएका हुन । नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा राष्ट्रपति बनाउन उनको प्रस्ताव छ ।

सामाजिक संजाल फेसबुकमा उनी लेख्छन , मनमा कुरा घुमिरहन्छ। यो देशको अबको रास्ट्रपति नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला । जसले नेपालीको मात्र नभई संसारकै ज्योतिविहीनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोग सिद्ध सावित गर्नुभयो । त्यसको मूल्यांकन गरी उहाँलाई संसारले नै सम्मान गरिरहेको छ । यसैअन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको (इसा अवार्ड) बाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको छ।’