पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको मंगलबार दाहासंस्कार – Himalayan Dainik

पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको मंगलबार दाहासंस्कार


पोखरा जहाज दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको मंगलबार दाहासंस्कार

पोखरा – माघ १ गते यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलको मंगलबार दाहासंस्कार गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पौडेलको मंगलबार दाहसंस्कार गरिएको हो  । मंगलबार शव बुझेर आफन्तले घरमा लगेका थिए ।

पौडेलको शव पत्रकार महासंघ कास्कीको परिसरमा ल्याएर श्रद्धाञ्जली सभा गरी शान्तिघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।