मधेश प्रदेश मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै – Himalayan Dainik

मधेश प्रदेश मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै


मधेश प्रदेश मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदैछन् ।

आज बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

७२ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादव पुस २९ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।