विमान दुर्घटना : अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा – Himalayan Dainik

विमान दुर्घटना : अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा


विमान दुर्घटना : अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा

काठमाडौं – पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । “एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ”, उनले भने, “विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ ।”

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ ।-रासस