नुवाकोटमा भाइको लट्ठी प्रहारबाट दाजुको निधन – Himalayan Dainik

नुवाकोटमा भाइको लट्ठी प्रहारबाट दाजुको निधन


नुवाकोटमा भाइको लट्ठी प्रहारबाट दाजुको निधन

नुवाकोट – नुवाकोटमा भाईले टाउकोमा लट्ठी प्रहार गर्दा आफ्नै सहोदर दाइको निधन भएको छ ।

जिल्लाको बेलकोटगढी न.पा.-९ नलगाँउमा सोमबार दिउँसो मादक पदार्थ सेवन गरेका भाईले दाजुलाई लट्ठी प्रहार गरेका थिए ।

घरायसी झैझगडाको क्रममा मापस गरेका ईन्द्र सिंह तामाङ (वर्ष ३२) ले आफ्नै दाजु जगत गौचन तामाङ (वर्ष ५२) लाई टाउकोमा लट्ठीले हिर्काएका थिए ।
लाठ्ठी प्रहार गर्ने ईन्द्र सिंह तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको नुवाकोट प्रहरी प्रवक्ता डिएसपी रुपक खड्काले बताए ।