नवनियुक्त रक्षामन्त्री उप्रेतीद्वारा पद बहाली – Himalayan Dainik

नवनियुक्त रक्षामन्त्री उप्रेतीद्वारा पद बहाली


नवनियुक्त रक्षामन्त्री उप्रेतीद्वारा पद बहाली

काठमाडौं – रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पद बहाली गरेका छन्। उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वागत अभिवादन गरे।

नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्रालयको साथ, सहयोग र समन्वय हुने विश्वास दिलाए। उनले भने, ‘मन्त्रीज्यूको नेतृत्वदायी भूमिकाले मन्त्रालयका लागि मात्र नभई समग्र राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र राष्ट्रको हितका लागि महत्त्वपूर्ण सावित हुनेछ। राष्ट्रको समुन्नति र राष्ट्रितका पक्षमा अझ बढी योगदान पुग्नेछ।’

रक्षा मन्त्रालयलाई राष्ट्रको समग्र, हित रक्षा, प्रतिरक्षा तथा नेपाली सेनासम्बन्धी कानून, नीति, तर्जुमा, अनुगमन, निर्देशन, वार्षिक कार्यक्रम र बजेट तर्जुको जिम्मेवारी छ।

मन्त्रालयमा चारवटा महाशाखा र ८३ कर्मचारीको दरबन्दी छ।-रासस