पाल्पामा भिरबाट लडेर एक जनाको ज्यान गयो – Himalayan Dainik

पाल्पामा भिरबाट लडेर एक जनाको ज्यान गयो


पाल्पामा भिरबाट लडेर एक जनाको ज्यान गयो

काठमाडौँ – पाल्पामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ( पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको भिरबाट लडेर ज्यान गएको हो ।
मङ्गलबार घर नजिकै रहेको नेप्टा भिरबाट लडेका बलाललाई मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ । घटनाका सन्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।