बलात्कार आरोपमा एक युवक पक्राउ – Himalayan Dainik

बलात्कार आरोपमा एक युवक पक्राउ


बलात्कार आरोपमा एक युवक पक्राउ

रुपन्देही – किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एकजना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मर्चवारी गाउँपालिका–४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।