जसपाले सरकारमा सहभागी हुन सर्त अघि सार्‍यो – Himalayan Dainik

जसपाले सरकारमा सहभागी हुन सर्त अघि सार्‍यो


जसपाले सरकारमा सहभागी हुन सर्त अघि सार्‍यो

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुनका लागि सर्त राखेको छ ।

न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने पार्टीको भनाइ छ । ‘निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प छैन’, जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘ सरकारको न्यनुतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा सरकारमा पार्टीको सहभागिता हुन सक्नेछ ।’

उनले पार्टीको लागि न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने बताए । अन्यथा सरकारमा सहभागी नहुने उनको भनाइ थियो ।