विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो – Himalayan Dainik

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो


विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

काठमाण्डौ – पोखरामा आइतवार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनाको सत्यरतथ्य पत्ता लगाउन गठित विमान ‘दुर्घटना जाँच आयोग’ ले काम सुरु गरेको छ ।

जाँच आयोगले आज सोमवारदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ ।’ब्ल्याक बक्सु आयोगलाई बुझाइसकिएको छ । ‘ब्ल्याक बक्सु विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ‘ब्ल्याक बक्सु मा ‘फ्लाइट राडर रेकर्डु र ‘ककपिट भ्वाइ रेकर्डु हुन्छ ।

सरकारले आइतवार दुर्घटनामा परेको यति एअरलाइन्सको विमानको दुर्घटनाको सत्यरतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहनुभएको छ । साथै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला(अवकाश प्राप्त उपरथी) र सुनिल थापा(अवकाश प्राप्त क्याप्टेन) तथा हवाई मर्मत इन्जिनियर एकराजजङ्ग थापा छन । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुुन ।

दुर्घटनाको कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।

आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आउँदा दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो । – रासस