पोखरा विमान दुर्घटना:  ३२ जनाको शव निकालियो – Himalayan Dainik

पोखरा विमान दुर्घटना:  ३२ जनाको शव निकालियो


पोखरा विमान दुर्घटना:  ३२ जनाको शव निकालियो

काठमाडौं– पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौँबाट बिहान पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार अहिलेसम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।

पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।