रिहा भएपछि नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले भने, अब खेलमा फर्किन्छु – Himalayan Dainik

रिहा भएपछि नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले भने, अब खेलमा फर्किन्छु


रिहा भएपछि नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले भने, अब खेलमा फर्किन्छु

काठमाडौं – नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै पत्रकारहरुसँग कुरा गर्दै उनले छिटै खेलमा फर्किने बताएका हुन् ।

उच्च अदालत पाटनले २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै उनी धरौटी तिरेर तारेखमा रिहा भएका छन् ।

केन्द्रीय कारागारबाट निस्कने क्रममा उनका समर्थकहरुले घेरेका थिए । कारागारबाहिर सन्दीपलाई कुरिरहेका समर्थकहरुले सन्दीपलाई बोल्न आग्रह गरेका थिए ।