सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघमा – Himalayan Dainik

सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघमा


सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघमा

काठमाडौं –  उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघलाई तोकिएको छ। क्रिकेटर लामिछाने माथि लागेको बालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौँले ९ माघका लागि पेसी तोकिदिएको हो।

उक्त पेसीअनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालत काठमाडौँले अन्तिम टुंगो लगाउनका लागि प्रक्रिया अघि बढाउने छ। जिल्ला अदालतले उनलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाए पनि सोको प्रतिवाद गर्दै उच्च अदालत गएका लामिछानेलाई थुनामुक्त भएर मुद्दा लड्न बिहीबार आदेश दिएको थियो ।

सो आदेश लगत्तै शुक्रबार नै लामिछाने केन्द्रीय कारागारबाट रिहा भएका छन्।