बागमती प्रदेशको सभामुखमा पाठक निर्वाचित – Himalayan Dainik

बागमती प्रदेशको सभामुखमा पाठक निर्वाचित


बागमती प्रदेशको सभामुखमा पाठक निर्वाचित

काठमाडौं –  बागमती प्रदेशको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पाठक निर्वाचित भएका हुन् । सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको थियो । पाठकले ६२ मत पाएका छन् ।

नेपाली कांग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै पाठन निर्वाचित भएका हुन् ।