लक्ष्यअनुसार राजस्व असुली नभएपछि आयकर बुझाउन संस्थानलाई अर्थ मन्त्रालयको ताकेता – Himalayan Dainik

लक्ष्यअनुसार राजस्व असुली नभएपछि आयकर बुझाउन संस्थानलाई अर्थ मन्त्रालयको ताकेता


लक्ष्यअनुसार राजस्व असुली नभएपछि आयकर बुझाउन संस्थानलाई अर्थ मन्त्रालयको ताकेता

काठमाडौ – चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली नभएपछि अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई आयकर तिर्न ताकेता गरेको छ ।

अर्थसचिव तोयम रायाले बिहीबार संस्थानका सरोकारवाला व्यक्तिहरुलाई मन्त्रालयमा बोलाएर पुस मसान्तसम्ममा अनुमति आयकरको ४० प्रतिशत बुझाउन भनेका छन् । आयकर ऐनको दफा ९४ बमोजिम पुस मसान्तभित्र चालू आर्थिक वर्षमा हुने अनुमानित आयमा लाग्ने आयकर मध्ये ४० प्रतिशत बुझाउनुपर्छ ।

कानुनमा व्यवस्था भएपनि सार्वजनिक संस्थाहरुले आयकर बुझाउन आनाकानी गर्ने भएकाले सचिव रायाले ताकेता गरेका हुन् ।