प्रदेश १ को उपसभामुखको उम्मेदवार सिर्जना दनुवारलाई बनाउने नेकपा एमालेको निर्णय – Himalayan Dainik

प्रदेश १ को उपसभामुखको उम्मेदवार सिर्जना दनुवारलाई बनाउने नेकपा एमालेको निर्णय


प्रदेश १ को उपसभामुखको उम्मेदवार सिर्जना दनुवारलाई बनाउने नेकपा एमालेको निर्णय

विराटनगर – नेकपा एमालेले प्रदेश १ को उपसभामुखको उम्मेदवार सिर्जना दनुवारलाई बनाउने भएको छ । दनुवार उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।उपसभामुखको निर्वाचन यही पुस ३० गते हुँदैछ ।

प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।