गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदैँ – Himalayan Dainik

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदैँ


गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदैँ

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

एमाले सांसद अधिकारी गत पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले शुक्रबार दिउँसो १ बजे प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।

अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित एक जनाको समर्थन छ ।