काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि ढुक्क भएको बताएका छन् ।
गोरखा महोत्सवको उद्घाटन गर्दै उनले आफूले सोचेजस्तै विश्वासको मत पाएको बताएका हुन् । उनले विश्वासमा एकरुपता आएन भने अप्ठ्यारो पो हुने हो कि भनेर हिजोसम्म आफुलाई चिन्ता लागेको तर अब ढुक्क भएको बताएका छन ।
उनले राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा काम गर्न आफूले पाएको अवसर चुनौतीपूर्ण समेत रहेको बताए ।
प्रचण्ड आज गोरखा महोत्सवको उदघाटनको लागि गोरखा गएका थिए ।