नेपाल टी–२० लिग: उपाधि लुम्बिनीले जित्यो – Himalayan Dainik

नेपाल टी–२० लिग: उपाधि लुम्बिनीले जित्यो


नेपाल टी–२० लिग:  उपाधि लुम्बिनीले जित्यो

काठमाण्डौ – नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

लुम्बिनीले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय नौ रनमात्रै बनाउन सक्यो । विराटनगरका अर्जुन साउदले ३४ र पृथु बाँस्कोटाले ३१ रन बनाए । लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुई/दुई विकेट लिए

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर २ बलमा एक सय ३३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ र हरमीत सिंहले ३० रन बनाए । विराटनगरका नन्दन यादव र राज नन्नानले दुईरदुई विकेट लिए ।

पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्ग्स, जनकपुर रोयल्स, काठमाण्डौ नाइट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड गरी छ टोलीको सहभागिता थियो ।