सुन चाँदीको भाउ केही घट्यो – Himalayan Dainik

सुन चाँदीको भाउ केही घट्यो


सुन चाँदीको भाउ केही घट्यो

काठमाण्डौ – सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा ४ सय र चाँदीको २५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

हिजो १ लाख ३ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँ छ । हिजो तोलाको १ हजार ३ सय ९० रुपैयाँ थियो ।