मलेसियामा बन्धक भएकामध्ये ६ जना भोलि स्वदेश फर्किँदै – Himalayan Dainik

मलेसियामा बन्धक भएकामध्ये ६ जना भोलि स्वदेश फर्किँदै


मलेसियामा बन्धक भएकामध्ये ६ जना भोलि स्वदेश फर्किँदै

काठमाडौँ – मलेसियामा बन्धक बनाइएका १९ जना नेपाल फर्किने भएका छन्। जसम्धये ६ जना नेपाली मंगलबार स्वदेश फर्किन लागेका हुन्।

श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क भएको थियो।

राजदूतावासले उनीहरूको उद्धार गरेको हो।

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि, १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका हुन्।