काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि विश्वासको मत माग्ने निर्णय गरेको छ।
सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले नेपाली कांग्रेस लगायतका गठबन्धन बाहिरका दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि सबै दलहरुलाई आह्वान गर्ने र पार्टीका सांसदहरूले अन्य दलका सांसदहरुका लागि पहल गर्न निर्देशन दिएको उनले बताए।