मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न पहल सुरु – Himalayan Dainik

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न पहल सुरु


मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न पहल सुरु

काठमाण्डौ – मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल सुरु गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत् निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।