लखनउ : बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो – Himalayan Dainik

लखनउ : बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो


लखनउ : बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

धनगढी – भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार भारतको उत्तराखण्ड प्रदेशस्थित लखनउ (उन्नाउ) मा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन्।

मृतकमध्ये एक टीकापुर नगरपालिका–१ का चन्द्रबहादुर साउद रहेको र उनका परिवारका अन्य सदस्यले पनि ज्यान गुमाएको प्रहरीले जनाएको छ। उनीबाहेक मृतक अन्यको भने पहिचान खुल्न सकेको छैन।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीको दाबी छ।