संसदको पहिलो बैठक आज बस्दै ,१२ वटा राजनितिक दलले सम्बोेधन गर्ने – Himalayan Dainik

संसदको पहिलो बैठक आज बस्दै ,१२ वटा राजनितिक दलले सम्बोेधन गर्ने


संसदको पहिलो बैठक आज बस्दै ,१२ वटा राजनितिक दलले सम्बोेधन गर्ने

काठमाण्डौ – संसद्को पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक आज एकसाथ बस्दैछ ।जसमा १२ वटा राजनितिक दलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको जानकारी गराएको छ । तर ठाउँ अभावका कारण सबै दलका संसदीय दलका नेतालाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता दशरथ धमलाले बताए ।
बैठकको सुरुमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले सदस्यहरुलाई स्वागत गर्ने बताइएको छ ।