प्रधानमन्त्री दाहालसँग माधव नेपाल र उपेन्द्र यादवको भेट – Himalayan Dainik

प्रधानमन्त्री दाहालसँग माधव नेपाल र उपेन्द्र यादवको भेट


प्रधानमन्त्री दाहालसँग माधव नेपाल र उपेन्द्र यादवको भेट

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ।

आइतबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग दुई शीर्ष नेताहरुले भेट गरेका हुन्। भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेको प्रधानमन्त्री दाहालले भेटमा दुई राजनीतिक दलहरु सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए।

उनले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र दुई नेताहरु सकारात्मक रहेको बताए। त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताए।

उनले पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको बताए। बैठकपछि संसदीय दलको कार्यालयबाट निस्किने क्रममा नेताहरुमा भने नैराश्यता स्पष्ट देख्न सकिन्थ्यो। प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदै छन्।