नेपाल टी-२० लिगमा फाइनल प्रवेशका लागि लुम्बिनी र जनकपुर खेल्दै – Himalayan Dainik

नेपाल टी-२० लिगमा फाइनल प्रवेशका लागि लुम्बिनी र जनकपुर खेल्दै


नेपाल टी-२० लिगमा फाइनल प्रवेशका लागि लुम्बिनी र जनकपुर खेल्दै

काठमाडौं – नेपाल टी-२० लिगमा फाइनल प्रवेशका लागि लुम्बिनी र जनकपुर खेल्दै छन ।
आज अंक तालिकाका दुई शीर्ष टिम लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्स फाइनल प्रवेशका लागि खेल्दै छन् । खेल मध्याह्न साढे १२ बजेदेखि सुरु हुँदैछ ।

लुम्बिनी १० खेलमा आठमा जित र दुईमा हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै जनकपुर १० खेलमा सात मा जित र तीन मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा छ ।

आजको विजेता टोली सिधैं फाइनल प्रवेश गर्नेछ ।