तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम – Himalayan Dainik

तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम


तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम

काठमाण्डौ – न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ । आज शुक्रवार अर्थ मन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताए । उनले भोलि शनिवार शीर्ष नेताहरूको संयन्त्रमा सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने बताए । उनले न्यूनतम साझा कार्यक्रम नागरिकको डेलिभरीको पक्षमा रहेको र परिवर्तनको आभास हुने गरी आएको दाबी गरे । नागरिकलाई यो सरकार केही दिने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेको उनको भनाइ छ ।