मधेस प्रदेश प्रमुख मिश्रले दिए मुख्यमन्त्री नियुक्ति गर्न पुस २८ गते सम्मको समयसिमा – Himalayan Dainik

मधेस प्रदेश प्रमुख मिश्रले दिए मुख्यमन्त्री नियुक्ति गर्न पुस २८ गते सम्मको समयसिमा


मधेस प्रदेश प्रमुख मिश्रले दिए मुख्यमन्त्री नियुक्ति गर्न पुस २८ गते सम्मको समयसिमा

जनकपुरधाम – मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्ति गर्न पुस २८ गते बिहीबार बेलुकी ४ बजेसम्मको समयसिमा दिएका छन ।

अन्य ६ प्रदेशले मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरिसक्दा मधेस प्रदेश प्रमुख मिश्रले आज बल्ल मुख्यमन्त्रीको दाबी पेश गर्न ६ दिनको समय दिएका हुन् । मधेस प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दावी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ । तर कुनै एक दलसँग ५४ सांसद छैनन् ।

कुनै एक दलसँग सरकार बनाउने सांसद संख्या नरहेकाले नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मधेसको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख मिश्रले आह्वान गरेका छन् ।