आजदेखि कार्यभार सम्हालेका सचिवद्धय राया र घिमिरेलाई गरे अर्थमन्त्रीले स्वागत – Himalayan Dainik

आजदेखि कार्यभार सम्हालेका सचिवद्धय राया र घिमिरेलाई गरे अर्थमन्त्रीले स्वागत


आजदेखि कार्यभार सम्हालेका सचिवद्धय राया र घिमिरेलाई गरे अर्थमन्त्रीले स्वागत

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेलाई स्वागत गरेका छन । नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच  उनले स्वागत गरेका हुन ।साथै स्वागत सँगसँगै अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले आज शुक्रबारदेखि कार्यभार सम्हालेका छन् ।

साथै मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आएका सचिवद्वय कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाललाई पनि बिदाई गरेका थिए ।